मध्यरातमा लोकतन्त्रमाथि डकैती भयो : पुन

काठमाडौं। संविधानको संरक्षकका रुपमा रहने राष्ट्रपतिजस्तो गरिमामय संस्थामा बसेर राष्ट्रपति विद्यादेवी भण्डारीले एकपछि अर्को अलोकतान्त्रिक निर्णय गर्दै आएको नेताहरुको जिकिर छ।

शुक्रबार मध्यराति संसद विघटन गरेपछि उनको कदमाको बिरोध चर्को भएको छ। सँधै प्रधानमन्त्री ओलीको पक्षपोषणमा लागेको आरोप खेप्दै आएकी भण्डारीले तत्कालीन राजा ज्ञानेन्द्र शाहले झैं मध्यरातमा लोकतन्त्रमाथि डकैती गरेको नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले बताएका छन्।

उनले राष्ट्रपतिको उक्त कदमविरुद्ध लड्ने पनि बताएका छन्। ‘अब ज्ञानेन्द्रजस्तै जनताबाट लखेटिनेछन्। जनता अब चुप लागेर बस्दैनन्’, उनले भनेका छन्।

संविधान र लोकतन्त्र बचाउन र कोरोना महामारी विरुद्धको लडाइँसँगै जारी राख्छौं’, उनले भने ।