ब्रेन बाइट्सः खड्के बुढाको नौटंकी !

करना धरना कुछ नहीं, नौटंकी दुनियाँ भर की

० ओम बानियाँ

एक दिन दिदी भेट्न भनेर त्यो बालकको मामा आए, आँगनमा राखेको कुर्सीमा बसेर गाडी कुदाइरहेको त्यो बालकलाई आमाले भनिन्, ‘बाबु, मामालाई बस्न दे। आमाको बोली भुइँमा खस्न नपाउँदै उसले प्याच्च भन्यो, ‘नाइँ दिन्न, (मामातिर हेर्दै) कुर्सीमा बस्न मन लागे आफ्नै घरबाट कुर्सी ल्याएर आउनु पर्दैँन ?’

भागः एक
दृश्यः एक
धेरै पहिलाको कुरा हो, एउटा गाउँमा एक जना अटेरी, जिद्धी, मुखाले, अर्काको धेरै खिसिटिउरी गर्ने, खपटे मरनच्याँसे खड्के नामको बालक थियो। एकदिन भात खाने बेलामा उसले जिद्धी गर्दै भन्यो, ‘आज म भात खान्नँ, छेपारो खान्छु।’

बालकका आमा–बा तथा घरपरिवारले उसलाई आआफ्नो तरिकाले निकै सम्झाए। तर उसले कसैको एक सुनेन। भुइँमा पल्टिएर ‘नाइँ म छेपारो नै खान्छु’ भन्दै रुँदै नागिन नृत्य गर्न थाल्यो।

बालक कुक्काइ कुक्काइ रोएको सुनेर वरपरका छिमेकीहरु पनि आए। र, निकै सम्झाए। तर उसले आफ्नो हठ छोडेन। मलाई छेपारो नै चाहियो, म छेपारो नै खान्छु भनेर जिद्धी गरिनै रह्यो।

हार खाएर बालकका बाले स्कुलमा पढाउने गुरुलाई गुहारे। तीं गुरुलाई यस्ता समस्याहरु सुल्झाउने काममा महारथ हासिल थियो। गुरु आए।

लेखक

एउटा छेपारो मगाए। अनि मरेको छेपारो प्लेटमा राखेर बालकलाई दिँदै भने, लौ बाबु, मजाले छेपारो खाऊ। बालकका बा–आमा, परिवारका अन्य सदस्य र छिमेकीहरुले तमासा हेरिरहेका थिए।

बालकले छेपारो हेर्दै भन्यो, ‘काँचो होइन, तेलमा भुटेको छेपारो चाहियो मलाई। गुरुले तत्काल छेपारो भुट्न लगाए। अनि भुटेको छेपारो दिँदै भने, ‘अब चुपचाप यो फ्राई गरेको छेपारो खाऊ।’

बालक भुइँमा खुट्टा बजार्दै करायो, ‘मैले सिंगै भनेको कहाँ हो र ? आधा मात्र खान्छु।’

गुरुले बालकको आदेश शिरोधार्य गर्दै छेपारो काटेर दुई टुक्रा बनाए र आधा बालकलाई दिए। बालकले भन्यो, ‘पहिला, आधा छेपारो हजुरले खानुहोस्, अनि बल्ल मैले आधा खान्छु।’

गुरुले घिन र डर मानी मानी आधा छेपारो मुखका हाले। बल्ल बल्ल छेपारो के निलेका थिए, बालक उफ्री उफ्री रुन थाल्यो, ‘ए बा ! ए आमा ! मैले खाने भनेको छेपारोको ठुलो टुक्रा यो मान्छेले खायो । म यो सानो टुक्रा खान्नँ। खान्नँ, खान्नँ, मलाई तुरुन्त अर्को छेपारो चाहियो।’

हरे ! गुरुले टाउको समाए, ‘करना धरना कुछ नहीं, नौटंकी दुनियाँ भर की’ भन्दै साइकल टिपेर घरतिर टाप कसे।

दृश्यः २
एक दिन दिदी भेट्न भनेर त्यो बालकको मामा आए, आँगनमा राखेको कुर्सीमा बसेर गाडी कुदाइरहेको त्यो बालकलाई आमाले भनिन्, ‘बाबु, मामालाई बस्न दे। आमाको बोली भुइँमा खस्न नपाउँदै उसले प्याच्च भन्यो, ‘नाइँ दिन्न, (मामातिर हेर्दै) कुर्सीमा बस्न मन लागे आफ्नै घरबाट कुर्सी ल्याएर आउनु पर्दैँन ?’

‘अझ मामालाई मुख लगाउँछस्‘ भन्दै उसकी आमाले उसलाई कुर्सीबाट उठाएर भुइँमा थेचारिन् ।

एकाएक बालकको पारो तात्यो, ऊ भुइँमा पल्टिएर नागिन नृत्य गर्दै गाउँनै थर्काउने गरी रुनकराउन थाल्यो। मामाले भान्जालाई ‘मैले चकलेट ल्याइदिएका छु नि’ भन्दै चकलेट दिएर उसलाई फकाउन थाले।

मामालाई ठुलाठुला आँखा देखाउँदै उसले ‘खान्न तेरो चकलेटसकलेट’ भन्दै चकलेट वारीतिर मिल्कायो। अनि दौडिँदै गएर खुकुरी लिएर आयो। र, रुँदैकराउँदै कुर्सी काट्न र भाँच्न थाल्यो।

दृश्यः तीन
एक दिन खड्के आफ्नो साथीहरुको ग्रुपमा स्कुलबाट घर पर्किदै थियो। बाटोमा एउटा दुब्लो पातलो सहपाठी देख्यो र गिज्याउँदै भन्यो, ‘हरे ! हेर त साथी हो कालो अस्थिपंजर। छ्या कति नराम्रो मानिस होला ? हाँडी जस्तो। कुन असत्तीले जन्माए होलान् यसलाई ? यस्ता कुरुप मानिस पनि रहेछन् यस संसारमा।’

आफूभन्दा पनि मरन्च्याँसे खड्केले हेपेको देखेर त्यो केटोको पारो तात्यो । ‘तेरि…मा …या, पहिला ऐनामा आफ्नो अनुहार हेर’ भन्दै खड्केलाई एक किक दिएर भुँइमा पछारियोदियो।

घोडा चढेर नाकमा मुक्कैमुक्काले हानेर नाथ्रो फोडिदियो। साथीहरुले छुट्टाए। रगताम्मे नाक समात्दै खड्के कराउन थाल्यो, ‘माद… अझ जोरी खोज्छस् ? तँलाई मर्न मन छ। तेरो बालाई लिएर आइजा मसँग लड्न, तेरो बाबुछोराले पनि मलाई जित्न सक्दैनौं ।’

भागः २
दृश्यः एक
खड्के ठूलो भयो। एक दिन एक जना महिलासँग लडियामा कतै जाँदै थियो। त्यो देखेर एउटा गाउँलेले सोध्यो, ‘होइन खड्के भाइ लडिया लिएर कता जान हिँडेको ?’

‘कता हुनु नि, अमेरिकातिर हिँडेको ।’

‘हैन, तिम्रो दिमाग त ठीक छ नि ? लडिया चढेर पनि कोही अमेरिका पुग्न सक्छन् ?’

‘किन नसक्ने ? मजाले सकिन्छ। अँ, अमेरिका हिँड्न लागेको मानिसलाई तिमी होइन, तँपाई भन्ने गर।’

(मनमनै) ‘यो खड्केसँग बोल्न बेकार छ, सानोमा जस्तो थियो, ठूलो भएपछि पनि उस्तै छ।’

‘होइन, मेरो कुरा सुनेर तिम्लाई पनि ज्वरो आयो कि क्या हो, गाउँमा सबैलाई ज्वरो आएर पल्टिएका छन्।’

दृश्यः २
एक जना कृषकले खेतमा काम गर्दै थिए। बाटोमा खड्के बुढोलाई देखे। खड्के बुढो एकसरो कट्टुमा थियो। कृषकले अचम्म मान्दै सोधे, ‘हैन बा सन्चै त हुनुहुन्छ ? कोरोनाको महामारी बेलामा पनि यसरी कता हिँड्नु भएको ?’ कृषकको कुरा सुनेर बुढो एकाएक रातोपिरो भयो ।

‘ए असत्ती ! तैँले भन्न खोजेको के हो ? तँलाई लाज लाग्दैन, शर्म लाग्दैन, नांगै भएर खेत खन्न ? देख्ने मानिसहरूले के भन्लान् ?’
‘गुहुमा हानेर मुखमा छिटा ?’ कृषक आफ्नो कामतिर लाग्यो। खड्के बुढा एक्लै फतफताउँदै थियो।

दृश्यः ३
खड्के बूढाले ‘माने मान नमाने पनि म गाउँको राजा हूँ’ भन्थ्यो। खड्के बुढो झन झन अटेरी, घमण्डी तथा अंहकारी हुँदै गएको थियो, दाजुभाइ, आफन्त तथा छिमेकीहरु कसैलाई गन्दैन्थ्यो। मानौं कि गाउँ नै उसले बनाएको जस्तो।

एक दिन अंशका बारेमा दाजुभाइको झगडा भयो। खड्के बुढाको पुर्खौली घर एक्लै हत्ताउने दाउ थियो। घरको झगडाले दाजुभाइमा काटाकाट मारामारको परिस्थिति सिर्जना भयो। पंचले पुर्खौली घरमा सबै भाइहरूको समान अधिकार हुने निर्णय गरेपछि खड्के बूढाको पारो तात्यो।

अहंकारी खड्के बुढाले रिसले आँखाले देखेन। अनि ‘न रहे बाँस न बजे बाँसुरी’ भन्दै घरमा आगो लगायो। कहाली लाग्दो कुरा के भने घरसँगै आफ्नै सरोदर भाइहरु मात्र होइन कि खड्के बुढाको परिवार नै राख भए।

अहिले खड्के बुढो एक्लै छ !