नेपाल लाइफको सचेतनामूलक भिडियो

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले वर्तमान महामारीको अवस्थामा सरल र सामान्य शब्दमा सचेतनामूलक भिडियो सार्वजनिक गरेको छ।

कम्पनीले ‘सचेत बनौ ! करोना विरुद्धको यो लडाई घरमै बसेर लडौ’ भन्ने सन्देश सहितको सांगीतिक भिडियो तयार पारेको हो ।

यस कोरोना महामारीमा सबैजनाले आ–आफ्नो क्षेत्रबाट योगदान गर्न भिडियोमा आग्रह गरिएको छ।

महामारीमा सबैको पीडा उस्त–उस्तै छ भनिएको छ। मुलुकका जनताले उपचार, अस्पतालमा बेड र अक्सिजनसमेत पाउन नसकेको गुनासो बढे पनि नेपाल लाइफे बनाएको भिडियोमा महामारीसँग जुध्न देश साथमा रहेको सन्देश दिइएको छ।

आफू बाच्ने र अरुलाई पनि बचाउन हामी आफैले सावधानी अपनाउनुपर्ने आग्रह गीतमा गरिएको छ।

सुनिल कोइरालाको शब्दलाई नेपाल लाइफकै कम्युनिकेसन प्रमुख मेघेन्द्रप्रकाश गिरीको परिकल्पना तथा निर्देशनमा भिडियो बनेको हो।
पुष्कर महतौँको स्वर, सङ्गीत र एरेञ्ज रहेको भिडियोलाई कुमार कटुवाल, प्रकाश गोपाली र रविन घिमिरेले छायांकन गरेका हुन्।सन्तोष दवाडीले सम्पादन गरेको भिडियो अल थ्री मिडिया घरमा पदम तिमल्सिनाले पोष्ट प्रोडक्सन गरेका हुन्।