‘के रहेछ र जीवन’ भन्दै गायक आशिषले पठाए स्वास्थ्य सामाग्री

काठमाडौं। नेपालमा कोरोना महामारी तीव्र रुपमा फैलिँदै गइरहेका बेला देश विदेशबाट सहयोग प्राप्त हुनेक्रम जारी छ।

विदेशमा रहेका केही कलाकर्मीहरुले मातृभूमिको सम्झनामा राहात र सहयोग सामाग्रीहरु पठाइरहेका छन्।

यही मेलोमा चीनबाट गायक आशिष सचिनले साढे दुई लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेका छन्। ब्यक्तिगत कामको सिलसिलामा चीनमा रहेका गायक आशिषले आफूले नेपाल पठाएको जनाएका छन्।

गायक आशिषले सामाजिक संजालमा लेखेका छन्, ‘हाल म व्यक्तिगन कामले तीनमा छु, यो दौरानमा थोरै भएपनि एक कलाकार र सचेत नागरिकको हैसियतले चीनबाट स्वास्थ्य सामाग्री नेपाल पठाउन पाउँदा सारै खुसी महसुस गरेको छु।’

उनले नेपालमै रहेर नजिकबाट देशमो पीडा महसुस गर्न नपाए पनि स्वास्थ्य सामाग्री पठाएर थोरै भएपनि दुःखमा साथ दिने कोसिस गरेको उल्लेख गरेका छन्।