आज थपिए ३ हजार ४७९ जना संक्रमित, ९९ जनाको मृत्यु

काठमाडौं। आज देशभर ३ हजार ४७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

गत २४ घन्टमा गरिएको परीक्षणका क्रममा उक्त संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाले जाएको छ। १३ हजार ७३३ जनामा गरीएको परीक्षण्मा सो संख्यामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा ६ हजार ६३६ जना संक्रमणमुक्त भएको मन्त्रालयको दावी छ। कोरोना संक्रमणबाट २४ घन्टाको अवधिमा ९९ जनाको मृत्यु भएको छ। परीक्षण दर कम भएकाले पनि संक्रमण कम देखिएको टिप्पणी हुने गरेको छ।

पछिल्लो समय शहर जोखिमपूर्ण भए पनि गाउँ गाउँ ‘हटस्पट’ बन्दै गएको स्वास्थ्यकर्मीहरुले नै बताउँदै आएका छन्। तर गाउँ गाउँमा परीक्षण निकै न्यून भएकाले पनि कोरोना संक्रमित भए नभएको पुष्टि हुन सकिरहेको छैन।