चीनमा कोइला खानीमा विस्फोट हुँदा कम्तिमा आठ जनाको मृत्यु

एजेन्सी। चीनको उत्तरपूर्वमा रहेको हेलोङच्याङ प्रान्तमा कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठजना सम्पर्कबिहीन भएको स्थानीय अधिकारीले बताएका छन्।

बिस्फोटपछि उनीहरूलाई जीबितै भेट्टाउने सम्भावना क्षीण रहेको अधिकारीहरूले बताएका छन्।

चिनियाँ समाचार संस्था सिन्ह्वाले स्थानीय अधिकारीलाई उद्धृत गर्दै ज्यासी शहरको कोइलाखानीमा लङ्मे माइनिङ होल्डिंग ग्रुप कम्पनी लिमिटेडद्वारा संचालित कोइला खानीमा शनिबार दिउसो १२ः०७ मा दुर्घटना भएको जनाएको छ।

उद्धारकर्मीहरूले वेपत्ता श्रमिकहरूको खोजी र उद्धार प्रयास गरिरहेको तर आइतबार साँझसम्म उनीहरूको अवस्था थाहा हुन नसकेको बताएका छन्।