उमेशका शब्दमा रामकृष्ण र मेलिनाको स्वर

धरान। नेपाली सुगम संगीतमा लागिपरेका युवा संगीतकार तथा गीतकार उमेश रेग्मीले नयाँ गीत गायक रामकृष्ण ढकाल र गायिका मेलिना राईको स्वरमा ल्याएका छन्।

आफ्नो गृहनगर सुनसरी जिल्लाको सदरमुकाम इनरुवा तथा यसको आसपासका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलहरुको वर्णनसँगै माया–प्रेमका भावना व्यक्त गरिएको गीतको भिडियो निर्माण गरिएको संगीतकार तथा गीतकार रेग्मीले बताए।

दशकअघि उनले आफ्नै स्वरमा समेत सुनसरी इनरुवा बोलको गीत निकालेका थिए। अहिले भने उनले रामकृष्ण ढकाल र मेलिना राईको स्वरमा युगल गीतको रुपमा गीत तयार गरेका हुन्।

युवराज वाईवाको निर्देशन तथा निलास पौडेलको छायाँकनमा तयार गरिएको भिडियोमा इनरुवाका बिभिन स्थलसहित रामधुनी, देवीथान, लाटीमाई, कंश मरण लगायतका मठ मन्दिरहरुको दृश्य समवेश गरिएको छ।

गायक ढकाल र मोडल रिमा बिस्वकर्माले अभिनय गरेका छन्। विकास दाहालले सम्पादन गरेको भिडियो संगीतकार तथा गीतकार रेग्मीको युट्युब च्यानल गोत्र इन्टरटेनमेन्ट मार्फत सार्वजनिक गरिएको छ।