टेकबहादुर चोखाल फाउण्डेशनद्वारा मानवसेवा अभियानलाई २५ हजारको सहयोग

धनगढी। ‘टेकबहादुर चोखाल फाउण्डेशन’ले महामारीमा मानवसेवा अभियानलाई २५ हजार बराबरको सहयोग गरेको छ।

रोयल कोलाबोरेटिभ्स धनगढीले सञ्चालन गरेको कोभिड महामारीमा मानवसेवा अभियानका अभियन्ताका लागि फाउण्डेशनले २५ हजार बराबरको ‘स्वयंमसेवक पोशाक’ र स्वास्थ्य सामग्री सहयोग गरेको हो।

फाउण्डेशन र संस्थाका संरक्षक आशिष चोखालले रोयल कोलाबोरेटिभ्सलाई उक्त सहयोग गरेका हुन्।

रोयल कोलाबोरेटिभ्सले अभियान अन्तर्गत ‘निशुल्क खाना पानी अभियान’ सञ्चालन गर्दै आएको छ। अभियान अन्तर्गत नेपाल भारतको सीमा क्षेत्र गौरीफन्टा नाकामा स्वदेश भित्रिने नेपाली, सेती कोभिड अस्थायी अस्पताल र सेती प्रादेशिक अस्पतालका विरामी तथा कुरुवालाई निशुल्क खानापानी वितरण गर्दै आएको छ।

यससंगै निशुल्क कोभिड हेल्प डेस्क, आकस्मिक एम्बुलेन्स सेवा पनि संचालित छन्। अभियानमा सहयोग गरेकोप्रति रोयल कोलाबोरेटिभ्सले ‘टेकबहादुर चोखाल फाउण्डेशन’लाई धन्यवाद ज्ञापन गरेको छ।