अनलाइन नेपाली रमाइलो जोक्सको फाइनल जुलाईमा हुने

काठमाडौं। अनलाइन नेपाली रमाइलो जोक्स प्रतियोगिताको सेमिफाइनलको नतिजा बाहिरिएको छ।

सेमिफाइनलमा झापाका मनिष आचार्य, काठमाडौंका सुलव भट्टराई, लुम्बिनीका निश्चल अर्याल र ललितपुरका महेश खनालले फाइनलमा प्रतिस्पर्धा गर्ने निर्देशक कमल राईले जानकारी दिए।

रिदम स्क्रिनका निर्देशक राईका अनुसार यो साता काठमाडौंका सुलव भट्टराईले उत्कृष्ट प्रस्तुति दिँदै बेस्ट पर्फमर अफ द विक बन्न सफल भएका छन्।

जुलाईमा फाइनल हुने यस प्रतियोगिताका निर्णायकहरुमा बुद्धि तामाङ (हैट), अमेरिकमा रहेका अभिनेता भानु तिवारी र सिक्किममा रहेका दिलिप गुरुङ रहेका छन्।

यसैबिच रिदम स्क्रिनले अनलाइन नेपाली रमाइलो जोक्स प्रतियोगिताको भिडियो लाइक शेयर कमेन्ट गर्ने दर्शकहरुलाई समर्थकका रुपमा पुरस्कृत गर्दै आएको छ।

निर्देशक राईका अनुसार प्रथम, द्धित्तीय र तृतीय हुनेलाई क्रमश ३ लाख, २ लाख र १ लाख नगद उपलब्ध गराइनेछ। त्यस्तै चौथो हुनेलाई पनि सान्तवना स्वरुप ५० हजार उपलब्ध गराइने आयोजकले जनाएको छ।

कोरोनाको समयमा विश्वनै लकडाउनले थलिएका बेला संसारभर रहेका नेपालीहरुलाई थोरै भएपनि मनोरञ्जन होस् भन्ने हिसाबले यो रमाइलो मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरिएको निर्देशक राईले बताए।