नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि कुलमान घिसिङलाई नियुक्त गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नियुक्ति गर्ने निर्णय गरेको थियो ।

घिसिङलाई सरकारले ‘सोमबार नै नियुक्त गरिएको हो । अर्थमन्त्रालयबाट हितेन्द्रदेव शाक्यको हकमा पर्ने दायित्वमा स्वीकृति नदिएकाले निर्णय सार्वजनिक गरिएको थिएन,’ उर्जामन्त्रालयको सचिवालयले जनाएको छ । घिसिङ नियुक्त भएसँगै हितेन्द्रदेव शाक्यलाई भने जल तथा उर्जा आयोगको पूर्णकालीन सदस्यका रुपमा ४ वर्षका लागि नियुक्ती गरिएको छ ।

सरकारले सोमबार घिसिङलाई नियुक्त गर्ने निर्णय गरेसँगै मंगलबार शाक्यले प्राधिकरणका कर्मचारीसँग विदा मागेर हिँडेका थिए । नियुक्ती पत्र नबुझेकाले घिसिङले मंगलबार पदभार ग्रहण गरेका थिएनन् ।