किरण गजमेरको नयाँ गीत आउँदै

काठमाडौं । ‘द भ्वाइस अफ नेपाल ३’ का विजेता किरण गजमेरले ‘म त डुब्दै डुब्दै गए’ नामक नयाँ गीत बजारमा ल्याउन लाएका छन् । उनले संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा स्वर दिएका छन् । सो गीत द डिभाइन म्युजिकले तयार पारेको हो ।

पोखरेल र गजमेरबीच यसअघि नै सो गीतमा स्वरमा साथ दिनेबारे सहमति भएको थियो । गीत चाँडै रिलिज हुने तयारीमा रहेको बताइएको छ । गजमेरले यसअघि पनि चलचित्र ‘राधा र साढे ७’ को गीतमा स्वर पस्किसकेका छन् ।