मेगा बैंकका ९ वटा एक्सटेन्सन काउन्टर अब शाखामा परिणत

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले विभिन्न स्थानहरुमा सञ्चालनमा रहेका ९ वटा एक्सटेन्सन काउन्टरहरुलाई स्तरोन्नति गर्दै शाखा कार्यालयमा परिणत गरेको छ।

झापा जिल्लाको शिवसताक्षी नगरपालिका ७ मा रहेको शिवसताक्षी एक्सटेन्सन काउन्टर, मोरङ जिल्लाको धनपालथान गाउँपालिका ४ मा रहेको धनपालथान एक्सटेन्सन काउन्टर, सुनसरी जिल्लाको कोशी गाउँपालिका १ मा रहेको कोशी एक्सटेन्सन काउन्टर, धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिका ७ मा रहेको मिथिला बिहारी एक्सटेन्सन काउन्टर, धनुषा जिल्लाकै नागराईन नगरपालिका २ मा रहेको नागराईन एक्सटेन्सन काउन्टर, अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका ३ मा रहेको मालारानी एक्सटेन्सन काउन्टर, पाल्पाको माथागढी गाउँपालिका ४ मा रहेको माथागढी एक्सटेन्सन काउन्टर, गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिका ४ मा रहेको रुरु एक्सटेन्सन काउन्टर र दार्चुलाको शैल्यशिखर नगरपालिका ९ मा रहेको शैल्यशिखर एक्सटेन्सन काउन्टरलाई बैंकले भदौ १ गतेबाट शाखामा स्तरोन्नति गरेको हो ।

यस अघि नै बैंकले सुनसरीको बराहाक्षेत्र गाउँपालिका ६ मा रहेको एक्स्टेन्सन काउन्टरलाई पनि शाखामा स्तरोन्नति गरिसकेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

अब यी सबै शाखाहरुबाट निक्षेप एवं कर्जाको कारोबारका साथै अन्य बैंकिङ सेवा तथा सुविधाहरु प्राप्त गर्न सकिने बताइएको छ।

यो सँगै मेगा बैंकको शाखा अब देशभर १९९ पुगेको छ भने एक्सटेन्सन काउन्टरहरुको संख्या २४ कायम भएको बैंकका प्रमुख सूचना अधिकारी तुल्सीराम पोखरेलले बताएका छन्।