एमाले (समाजवादी) का ९५ केन्द्रीय सदस्यहरु नामावलीसहित

काठमाडौं, २ भदौ। एमाले वैधानिक रुपमा विभाजन भएको छ। वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी विभाजन गर्दै आफ्नै नेतृत्वमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।

एमाले फुटेर बनेको नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) राखिएको छ। चुनाव चिन्ह खुल्ला किताब प्रस्ताव गरिएपनि अभैm एकिन भएको छैन। नयाँ पार्टीमा नेता नेपाल नै अध्यक्ष रहेका छन्।

त्यसमा झलनाथ खनाललाई वरिष्ठ नेता बनाइएको छ। नयाँ पार्टीमा ९५ जना केन्द्रीय सदस्य रहेका छन्। निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएपछि नयाँ पार्टीका नेता राजेन्द्र पाण्डेले प्रतिनिधिसभा र राष्ट्रियसभाका ३१ जना सांसदहरु रहेको बताएका हुन्।

नेकपा एमाले (समाजवादी) का अध्यक्ष नेपालले निर्वाचन आयोगमा दल दर्ताका लागि बुझाएको निवेदनमा समाजवादी पार्टी दर्ता गर्नुपर्नाको कारण समेत खुलाएका छन्।

उनले निवेदनमा भनेका छन्, ‘केपी ओलीले नेतृत्व गरेको समूहभित्र बसेर पार्टीले अङ्गीकार गरेको समाजवादी कार्यदिशाको रक्षा र विकासका लागि काम गर्न सक्ने अवस्था देखिएन।’ उनले नेकपा एमालेको नेतृत्वमा केपी ओली आएपछि नवौँ महाधिवेशनको राजनीतिक मार्गदर्शन र विधानविपरित पार्टीलाई दक्षिणपन्थी भासमा पु¥याएको ठोकुवा गरेका छन्।

‘यसर्थ हामी केन्द्रीय सदस्यहरूको नयाँ राजनीतिक दल नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवादी–लेनिनवादी (समाजवादी) निर्माण गर्ने निर्णय गर्न वाध्य भएका छौ’, अध्यक्ष नेपालले भनेका छन्।