पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४२ जनाको मृत्यु

काठमाडांै, २ भदौ। पछिल्लो २४ घण्टामा ३ हजार ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १६ हजार ८ सय ३८ जनामा परीक्षण गर्दा ३ हजार ४०३ जना संक्रमित थपिएका छन्।

११ हजार ८ सय ३९ जनाको पीसीआर परीक्षण गर्दा २६१३ जनामा संक्रमण पोजेटिभ पुष्टि भएको छ भने ४ हजार ९ सय ९९ जनामा गरिएको एन्टिजेन परीक्षणबाट ७९० जनामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा संक्रमणका कारण ४२ जनाको मृत्यु भएको छ। त्यसैगरी २ हजार १४ जना निको भएर घर फर्किएका छन्।