हुम्लामा सामुदायिक स्वास्थ्य एकाइ एक महिनादेखि बन्द

काठमाडौं । हुम्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–१ जैरमा कर्णाली प्रदेश सरकारको मातहतमा रहेको सामुदायिक स्वास्थ्य एकाइ एक महिनादेखि बन्द रहेको छ ।

वडा नं १ छिडी नात्तामा रहेको उक्त सामुदायिक स्वास्थ्य एकाइ एक महिनादेखि बन्द हुँदा त्यहाँका नागरिक स्वास्थ्य सेवा पाउनबाट वञ्चित छन् । स्वास्थ्यकर्मी नहुँदा उक्त स्वास्थ्य संस्था बन्द हुँदा सेवाग्राहीले घण्टौँ पैदल हिँडेर स्वास्थ्य उपचारका लागि अन्यत्र उपचार गर्न जानुपरेको स्थानीयवासीको गुनासो रहेको छ । गाउँमा रुघाखोकीका बिरामीको सङ्ख्या बढिरहेको छ । स्वास्थ्यकर्मी नहुँदा थप स्थानीयवासी समस्यामा परेको जनाएको छ । रासस