निर्वतमानमन्त्री आलेद्वारा बिरामीलाई उपचार सहयोग

डोटी, ४ भदौ । निर्वतमान मन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिम घर भई काठमाडौँ र अन्य विभिन्न अस्पतालमा उपचार गराइरहेका तीन बिरामीलाई उपचारका लागि आर्थिक सहयोग प्रदान गरेका छन् ।

उनले कीर्तिपुर अस्पताल काठमाडौँमा उपचार गराइरहका डोटीको शिखर नगरपालिका–१ कपल्लेकीका महेश्वरप्रसाद जोशीलाई उपचारका लागि रु २० हजार, सोही नगरपालिका–३ अतुराली बस्ने करेन्ट लागेर गम्भीर घाइते भई धुलिखेल अस्पताल काभ्रेमा उपचार गराइरहेका १० वर्षीय राजेन्द्रबहादुर बोगटीलाई रु २५ हजार र कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ बस्ने आगोले जलेर घाइते भएकी मनिषा भण्डारीलाई रु १० हजार सहयोग गरेका हुन् ।

अस्पतालमा उपचार गराइरहेका पीडितको आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएको जानकारी पाएपछि उनी आफैँ अस्पताल पुगी सहयोग गरेका थिए । सो जानकारी स्वकीयसचिव हेमन्त रेग्मीले गराएका हुन् ।(रासस)