बागमती मुख्य मन्त्रीमा अष्टलक्ष्य शाक्य नियुक्त

काठमाण्डौं, २ भदौ । माधव नेपाल समुहकी निष्ठावान महिला नेता मानिएकी अष्टलक्ष्मी शाक्य वागमती प्रदेशको मुख्य मन्त्री बनेकी छन् । डोरमणि पौडेललाइ राजीनामा दिन लगाएर उनको ठाउँमा शाक्यलाइ एमाले संसदीय दलको नेता अनि मुख्य मन्त्री वनाइएको हो ।

तर, पटक पटक उनलाई मुख्यमन्त्री वनाउने प्रस्ताव गर्दा राजेन्द्र पाण्डे वा अरुलाइ नै बनाउनु भन्दै आएकी शाक्य अचानक एमाले फुटेकै दिन मुख्य मन्त्री बनिन् । उनी मुख्यमन्त्री बनेपछि नेपालको एक मात्र महिला मुख्यमन्त्री भनेर वधाइ दिनेको ओइराले लोको छ ।

अब उनले तीन दिनभित्र विश्वासको मत लिनुपर्छ । विश्वासको मत नपाए उनको मुख्यमन्त्री जान्छ । यसैकारण उनी कति दिनको लागि मुख्य मन्त्री हुन् चर्चा सर्वत्र छ । वागमती प्रदेशको ठूलो दल एमाले हो । तर, यसबाट एमाले विभाजित भएपछि उनको सरकार धरापमा परेको देखिन्छ ।

माधव नेपालसँग मुख्यमन्त्री बन्न अनुमति लिएकी अष्टलक्ष्मीले अब विश्वासको मत लिन उनको पक्षधरको मत लिनुपर्छ । यदि माधव पक्षले मत दिएन भने उनको सरकार उनको सरकार तुरुन्तै ढल्छ । यदि शाक्य माधव नेपालतिर आइनन् भने उनको सरकार ढल्ने निश्चित छ ।

उनी सवैभन्दा छोटो समय सरकार बनाउने मुख्यमन्त्री हुनेछिन् । तर, यदि माधव समुहतिर आइन् भने एमाले समाजवादी, माओवादी, कांग्रेससहितको समर्थनमा उनको सरकार कायम रहनेछ ।