अवरुद्ध भीमदत्त राजमार्ग सञ्चालनमा

डोटी, ४ भदौ । गएराति आएको भीषण बर्षकाकारण भीमदत्त राजमार्ग अवरुद्ध भएको थियो । अवरुद्धभए सँगै मर्मतसम्भार गरेर पुनःसञ्चालनमा आएको हो । सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने एकमात्र पहाडी राजमार्ग भीमदत्त हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार वर्षाका कारण डोटी र डडेल्धुराको सीमा क्षेत्र गैरा नजिक पहिरो जाँदा उक्त राजमर्ग अवरुद्ध भएको हो । राजमार्ग खुलाउन सडक डिभिजन कार्यालयको डोजर, प्रहरी तथा स्थानीयवासीको सहयोग रहेको घण्टेश्वर गैरास्थित प्रहरी चौकीले जनाएको छ ।

राजमार्ग अवरुद्ध भएका कारण गएरातिदेखि अलपत्र परेका दजनौँ सवारीसाधन तथा सयौँ यात्रु सडक सञ्चलान भएपछि आआफ्नो गन्तव्यतिर लागेका हुन् । पहिराका कारण पाँचौँ पटकसम्म राजमार्ग अवरुद्ध भइसकेको जनाइएको छ । रासस