आज थपिए दुई हजार ७५ जना कोरोना संक्रमित, ३० जनाको मृत्यु

काठमाडौं। पछिल्लो २४ घन्टाको अवधिमा दुई हजार ७५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

यो अवधिमा दुई हजार ३८२ जना निको भएका छन्। हालसम्म कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६ लाख ९५ हजार ९२५ पुगेको छ। २४ घन्टाको अवधिमा देशभर ३० जनाको कोरोनाका कारण मृत्यु भएको छ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३९ हजार ३२१ रहेको छ।