प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा भानु देउवा

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त भएका छन्।

प्रधानमन्त्री देउवाले उनलाई प्रमुख स्वकीय सचिवमा नियुक्त गरेका हुन्।

भानु देउवा यसअघि पनि उनका प्रमुख स्वकीय सचिव रहिसकेका थिए। देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए। देउवाको राजनीतिक जीवनमा भानुको महत्वपूर्ण भूमिका रहँदै आएको कांग्रेस निकट नेताहरुले बताउने गरेका छन्।