कोरोना कारण हास्य कलाकार थापा “बखते”को निधन

काठमाडौं । वरिष्ठ हास्य कलाकार शम्भुराज थापा “बखते”को निधन भएको छ। थापालाई कोरोना संक्रमणका कारण तीन साता पहिला उपचारका लागि पाटन अस्पताल भर्ना गरिएको थियो।

थापाको ५५ वर्षको उमेरमा आज बिहान निधन भएको हो । तीन दशकदेखि कलाकारिता क्षेत्रमा सक्रिय थापाले थुप्रै टेलिसिरियल र चलचित्रमा अभिनय गरेका थिए।

उनले पछिल्लो समय ‘मेरी बास्सै, भद्रगोल, गोलमाल, हल्का रमाईलो’लगायतका टेलिसिरियलमा अभियन गरिसकेका छन्। उनले हल्का रमाइलो टेलिसिरियलमा ‘बखते’ नामबाट दर्शकमाझ चर्चा कमाएका थिए।

त्यसैगरी उनले महानायक राजेश हमाल, गौरी मल्ललगायतको अभिनय रहेको ‘आफ्नो विरानो’ चलचित्रमा समेत अभिनय गर्न भ्याएका थिए। स्व. थापाका श्रीमती एक छोरा र एक छोरी छन्।