माओवादी अध्यक्ष प्रचण्ड अस्वस्थ

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्वस्थ भएका छन्। केहि दिनदेखि अध्यक्ष प्रचण्डलाई असजिलो भएका कारण घरमै आराम गरेर बसेको उनको सचिवालयले जनाएको छ।

सचिवालयले प्रचण्डलाई सामान्य रुघा खोकी र ज्वरो आएको, कोभिड टेष्ट गर्दा नेगेटिभ रिपोर्ट आएसंगै अहिले अवस्था सामान्य रहेको पनि जानकारी दिएको छ।

उनको सचिवालयले भनेको छ, ‘देश विदेशबाट धेरै साथीहरुले श्रद्धेय अध्यक्ष कमरेड प्रचण्डको स्वास्थ्यको बारेमा बुझ्न खोज्नुभएको छ।

अध्यक्षलाई सामान्य रुघा खोकी र ज्वरो आएको, कोभिड टेष्ट गर्दा नेगेटिभ रिपोर्ट आएसंगै अहिले अवश्था सामान्य रहेको छ।’