एफपीओ र सेयर लिलामीमार्फत आम्दानीको कर नतिर्ने बीमा कम्पनी र बैंकहरु

काठमाडौं। फर्दर पब्लिक अफरिङ (एफपीओ) र सेयर लिलामी बिक्री गर्दा प्राप्त आम्दानीको कर नतिर्ने २४ बाणिज्य बैंक र १३ बीमा कम्पनी रहेका छन् ।

ती वाणिज्य बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले (एफपीओ) र सेयर लिलामी बिक्रीमार्फत प्राप्त एआम्दानीको कर नतिरेको भन्दै महालेखाले आवश्यक छानबिन गरी कर निर्धारण गर्न निर्देशन दिएको छ।

महालेखाले अघिल्लो आर्थिक बर्षको बार्षिक प्रतिवेदन सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले ११ अर्ब ६३ करोड ३० लाख रुपैयाँ एफपीओ र सेयर लिलामीबाट आम्दानी गरेका छन्।

त्यसको ३० प्रतशितले हुन आउने ३ अर्ब ४८ करोड ९९ लाख रुपैयाँ आय कर ऐन बिपरीत छुट पाएको भन्दै महालेखाले यसको छानबिन गर्न जोड दिएको छ । हकप्रद सेयरको हक हस्तान्तरणमा पनि महालेखाले प्रश्न उठाएको छ।

धितोपत्रको कारोबार गर्ने निकायहरुले ब्यक्तिको हकमा ५ र निकायको हकमा २५ प्तरशित कर लाग्ने ब्यवस्था छ। कर रकम कम गर्ने उद्देश्यले सञ्चालक सदस्य वा सम्बद्ध ब्यक्तिलाई निकायले मनोनय गरी हक हस्तान्तरण गरिएको भेटिएको पनि महालेखाको प्रतिवेदनमा उल्लेख छ।

यसरी ३२ करोड ३० लाख नकियले र ब्यक्तिले ५२ करोड ११ लाख लाख लाग्ने करलाई १० करोड ६८ लाखमा सल्टाएको महालेखाको प्रतिवेदनले देखाएको छ । यसलाई पनि छानबिन गरी कर निर्धारण गरेर असुलउपर गर्न सुझाएको छ ।