आज नेपालमा एक हजार ९२० कोरोना संक्रमित थपिए

काठमाडौं । आज नेपालमा एक हजार ९२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ९ हजार ४४३ पीसीआर र ३ हजार ७३ जनाको एन्टीजेन परीक्षणका क्रममा १ हजार ९२० जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।

त्यस्तै मन्त्रालयले कुल संक्रमितमध्ये ३८ हजार ७५१ मा सक्रिय संक्रमित रहेको जनाएको छ । २ हजार २४८ जना संक्रमित निको भएको पनि मन्त्रालयले जनाएको । पछिल्लो २४ घण्टामा २४ जना संक्रमितको मृत्यु भएको छ।

आज पुष्टि भएका मृतकको सख्यासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ५०९ पुगेको मन्त्रालयले जनाएको छ। यसैगरी आज पहिचान भएका संक्रमितमध्ये काठमाडौंका सबैभन्दा बढी ३९५ जना रहेका छन्।

यसैगरी ललितपुरमा ११० र भक्तपुरमा ६१ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ। साथै ६८१ जना आइसीयू र १६९ जना भेन्टिलेटरमा उपचारारत रहेको पनि मन्त्रालयले जनाएको छ ।