गजल

० धर्मानन्द भट्ट

अब अनेक चाड पर्व, तिहार आउँछन्
केवल चोट दिन्छन्, बार बार आउँछन्।

यात्रा जिन्दगीको केवल समथर हुँदैन,
हो उकाली ओराली, जङ्घार आउछन्।

थाहा छ पूरा हुँदैनन् झन पीडा दिन्छन्
तर पनि मनमा सपना बेकार आउँछन्।

बिना पैसा त न आशीर्वाद जान्छ कतै,
न त बहिनीको लागि, उपहार आउँछन्।

तर पनि बाँचिएको छ यहि सोचेर कि,
बाँचियो भने यस्ता त, हजार आउँछन्।