प्रधानमन्त्री देउवासँग भाजपाका विदेश विभाग प्रमुखको भेटवार्ता

काठमाडौं। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय मुरलीधर चौथाइवालेले आइतबार शिष्टाचार भेट गरेका छन्।

आज दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्धका साथै दुई पार्टीबीचको सम्बन्धका विविध पक्षमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सो भेटमा सहभागी कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतका अनुसार कांग्रेस र भाजपाबीचको सम्बन्ध थप विस्तारका लागि आपसी भेट तथा पार्टीका क्रियाकलापहरू सक्रिय तुल्याउने विषयमा छलफल भएको थियो।

दुई दलबीच हुने सहकार्य तथा भेटवार्ताहरूले आपसी दृष्टिकोण बुझ्न तथा आपसको सम्बन्ध थप सुदृढ गर्न मद्दत पुग्ने डा महतले बताए।