नेकपा एमालेमा तेस्रो धारले ओलीलाई सघाउने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमाको तेस्रोधारले अध्यक्ष केपी शर्मा ओलाई समर्थन गर्ने संकेत देखिएको छ । ओली निवास बालकोटमा आज भएको छलफलमा तेस्रो धारका नेताहरु ओलीलाई समर्थन गर्न तत्पर रहेको देखिन्छ ।

उक्त छलफलमा यसअघि कार्यदलले तयार पारेको १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै अघि बढ्न अध्यक्ष ओली तयार भएपछि तेस्रोधार सहमति उन्मुख देखिएको छ ।

स्रोतका अनुसार भोलि मंगलबार नै २०७५ जेठ दुईको अवस्थामा एमालेको स्थायी समिति बैठक बोलाएर कसरी अगाडि बढ्न सकिन्छ भन्ने रुपरेखा तयार पार्ने बताइएको छ ।

छलफलमा उपस्थित तेस्रोधारका एक भन्छन्, ‘छलफल सकारात्मक भएपनि सबै कुरा मिलिसक्यो भन्न हतार हुन्छ ।’