पिपुल्स हाइड्रोले हिमचुली दोर्दी निर्माण गर्ने

काठमाडौं। पिपुल्स हाइड्रोपावरले ५७ मेगावाटको हिमचुली दोर्दी जलविद्युत आयोजना पनि निर्माण गर्ने भएको छ।   सो कम्पनीले लमजुङको दोर्दीखोलामा ५४ मेगावाट क्षमताको सुपरदोर्दी ‘ख’ जलविद्युत आयोजना निर्माण गरिरहेको छ।

नदी प्रवाहमा आधारित यो आयोजना सुपर दोर्दी ‘ख’ को ड्यामसाइटबाट माथि पर्छ। सुपरदोर्दी जस्तै हिमचुली दोर्दीमा पनि ड्यामबाहेक आयोजनाका महत्वपूर्ण पूर्वाधारहरु जमिनभित्रै निर्माण हुने छन्।

दोर्दी खोलामा २३ मिटर लामो र ४ मिटर अग्लो बाँध बाँधेर खोलाको बायाँ तर्फ रहने इन्टेकबाट सुरुङमार्गमा पानी पठाइने छ। बालुवा थिग्रयाउने डिसेन्डरमा पानी लगिने छ।

ठूला गेग्रानलाई सुरुमै छुट्याएर खोलामा फालिने छ। साना गेग्रानहरुलाई भने ८० मिटर लम्बाइका दुईवटा भूमिगत डिसेन्डिङ बेसिनमा पु¥याइने छ। डिसेन्डरबाट निस्कने गेग्रानरहित पानीलाई ४.२ किलोमिटर लामो हेडरेस टनेलमार्फत सर्ज ट्यांकमा पु¥याइने छ।

सर्ज ट्यांकबाट १३ सय मिटरको पेनस्टक साफ्टमार्फत भूमिगत विद्युत गृहमा खसालेर ५७ मेगावाट विद्युत उत्पादन गरिने छ। त्यहाँबाट निस्कने पानीलाई १३४ मिटर लामो टेलरेस सुरुङमार्फत पुनः दोर्दीखोला वा सुपरदोर्दी ’ख’ को ग्राभेल ट्यापमा पानी छोडिने छ।

उत्पादित विद्युत ६ किलोमिटर लामो १३२ केभी डबल सर्किट प्रसारणलाइन मार्फत सुपरदोर्दी ’ख’ को आयोजना स्थलसम्म पु¥याइने छ। दुवै आयोजनाको विद्युत डबल सर्किटबाट दोर्दी गाउँपालिका वडा नम्बर ६ कीर्तिपुरमा रहेको प्राधिकरणको दोर्दी करिडोर हब सवस्टेसनमा जोडिने छ। त्यसपछि विद्युत सिधै राष्ट्रिय प्रसारणलाइनमा जोडिनेछ। आयोजना २०८४ सालसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।