सिद्धार्थ इन्स्योरेन्समा कम्पनीको कार्यकारीमा वीरेन्द्र क्षेत्री

काठमाडौं। सिद्धार्थ इन्स्योरेन्स कम्पनीले वीरेन्द्र वैदवार क्षेत्रीलाई पुनः चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ। कम्पनीको संचालक समिति बैठकले उनलाई दोहो¥याएर नियुक्त गर्ने निर्णय गरेको हो।

उनले सिद्धार्थ इन्स्योरेन्समा वरिष्ठ प्रबन्धकबाट सेवा थालेका थिए । उनले पूर्वाञ्चल विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर तहसम्मको अध्ययन पुरा गरेका छन्।

उनले भारतीय बीमा संस्थानबाट एफआइआइआइ उपाधि हासिल गरेका क्षेत्री अन्डरराइटिङ, जोखिम व्यवस्थापन र बजार व्यवस्थापन विषयमा विशेष दख्खल राख्छन्।