गायिका मेलिनाको ‘सम्झेर एक्लै’सार्वजनिक

काठमाडौं । गायक एसडी योगी र गायिका मेलिना मैनालीको स्वरमा रहेको गीत ‘सम्झेर एक्लै’को भिडियो सार्वजनिक भएको छ ।

गीतमा राम अविरल विष्ट, एसडी योगीकै संगीत र रिकेश गुरुङ किजको एरेन्ज छ । विवेक रसाइलीको कन्सेप्ट र निर्देशन रहेको भिडियोमा अभिनेता सलोन बस्नेत र अभिनेत्री वर्षा राउत फिचर्ड छन् ।

भिडियोमा रिजन थापाको मुख्य सहायक निर्देशन, आभाष उप्रेतीको सहायक निर्देशन, उज्जवल जोशीको रंग, भुपेन्द्र अधिकारीको सम्पादन र नवराज उप्रेतीको छायांकन छ ।