गायिका टिकाको ‘दाइजो’ सार्वजनिक

काठमाडौं । गायिका टीका प्रसाईंको ‘दाइजो’ गीत सार्वजनिक भएको छ । दाइजोका कारण अझै पनि कैयौँ नेपाली चेलीबेटीहरूले हिंसा तथा अपमान सहेर बस्नुपरेको स्थितिमा त्यसविरुद्ध सचेतना फैलाउने उद्देश्यले गीत सार्वजनिक भएको हो ।

गीत–संगीतमार्फत नेपाली समाजमा व्याप्त सामाजिक कुसंस्कारविरुद्ध आवाज उठाउँदै आएकी गायिका प्रसाईंको यस गीतमा गीतकार आनन्दरत्न बज्राचार्यको शब्द छ । राजु सिंहको संगीत रहेको गीतले समाजमा नारीलाई सबल बनाउन दाइजो होइन, शिक्षा दिएर सक्षम बनाउनुपर्छ भन्ने सन्देश दिएको छ ।

गीतको संगीत संयोजन प्रदीप श्रेष्ठ र रेकर्डिङ तथा मिक्सिङ रदिप श्रेष्ठले गरेका हुन्। जस्केलो क्रिएसनले म्यूजिक भिडियो तयार पारेको हो ।