सभामुख सापकोटाको दाँतको शल्यक्रिया

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको आज दाँतको सामान्य शल्यक्रिया गरिएको छ ।

बिहान वीर अस्पतालको दन्त विभागमा उनको ‘माइनर ओरल सर्जरी’ गरी दायाँपट्टि तल्लो भागको एउटा दाँत निकालिएको हो ।

सभामुखका सञ्चारविज्ञ श्रीधर न्यौपानेका अनुसार अस्पतालको दन्त विभाग प्रमुख डा शैली प्रधान, डा किशोर भण्डारीलगायत टोलीले जाँच पश्चात् शल्यक्रिया गरेको थियो ।

दाँतमा समस्या आएपछि एक महिनाअघि शल्यक्रियाका लागि उनले समय दिएको थियो । उपचार प्रक्रिया जारी रहेकाले अहिले निवासमै आराम गर्नुभएको छ । सभामुख सापकोटाले चिकित्सक टोलीलाई धन्यवाद दिनुभएको बताइएको छ ।