एनएमबि सरल बचत फण्ड–ई १७ गतेदेखि जारी हुने

काठमाडौं। एनएमबि म्युचुअल फण्डअन्तर्गत एनएमबि सरल बचत फण्ड–ई भदौ १७ गतेबाट जारी हुने भएको छ।

एनएमबि बैंक कोष प्रवर्धक र एनएमबि क्यापिटल योजना व्यवस्थापक रहेको एनएमबि म्युचुअल फण्डले नयाँ स्किम भदौ २१ गतेसम्म जारी गर्ने बताइएको छ ।

यो म्युचुअल फण्ड प्रतिइकाइ १० रुपैयाँ दरको हुने खुलामुखी स्किम हो। सुरुमा १० करोड इकाइमध्ये ४० प्रतिशत अर्थात चार करोड रुपैयाँको पहिलो चरणमा बिक्री गरिने छ।

निष्कासन गरिने इकाइमध्ये योजनाको कुल आकारको १४ प्रतिशत अर्थात एक करोड ४० लाख कोष प्रवर्धक बैंकले र १ प्रतिशत योजना व्यवस्थापक क्यापिटलले राख्ने जनाइएको छ । एक प्रतिशतमा १० लाख इकाइ पर्छ। बाँकी रहेको २ करोड ५० लाख इकाइ सर्वसाधारणका लागि खुल्ला गरिएको छ ।

सर्वसाधारणले न्यूनतम १०० इकाइ र बढीमा ४० लाख इकाइका लागि आवेदन दिन पाउने छन् । यो योजना खुलामुखी भएकाले अवधि तोकिएको छैन। यसअघि कम्पनीले दुई स्किम सञ्चालनमा ल्याएको थियो।

अहिले पनि यो स्किम सञ्चालनमा छ। एनएमबि ५० र एनएमबि हाइब्रिड फण्ड एल–१ सञ्चालनमा आएका हुन् ।