लुम्बिनी जनरल इन्स्योरेन्सद्वारा अभिकर्ता तालिम दिँदै

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ ।

कम्पनीले न्यूनतम एसएलसी वा सो सरह परीक्षा उत्तीर्ण काठमाडौं उपत्यकाभित्रका इच्छुक व्यक्ति वा संस्थाका प्रतिनिधीहरुलाई अभिकर्ता तालिमको लागि आह्वान गरेको छ ।

इच्छुक व्यक्ति वा संस्थाले आवश्यक कागजातसहित रु. १ हजार नगद बुझाउनुपर्ने छ । सम्पर्कको लागि कम्पनीको प्रधान कार्यालय ज्ञानेश्वरमा भदौ १५ गतेभित्र आउन आग्रह गरेको छ ।

कम्पनीले भदौ १८ गतेदेखि २० गतेसम्म तालिम चल्ने जनाएको छ । तालिम प्रधान कार्यालय ज्ञानेश्वर काठमाडौंमा बिहान १० बजेदेखि संचालन हुने पनि जनाएको छ ।