नेपाल स्टक एक्सचेञ्च (नेप्से)का सीइओ साउँदद्वारा राजीनामा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का सीइओ चन्द्रसिंह साउँदले राजीनामा दिएका छन् ।

साउँदले आजै अर्थमन्त्रालयमा गएर राजीनामा दिएका हुन् । यसअघि उनलाई अर्थमन्त्रालयले सर्वोत्तम सिमेन्टको ओटीसीमाध्यमबाट सेयर खरिद गरेको विषयमा स्पष्टिकरण सोधेको थियो ।

त्यसपछि साउँद विवादमा पर्दै आएका थिए । उक्त विषयमा स्पष्ट धारणा अगाडि ल्याउन अर्थमन्त्रालयले छानविन समिति नै गठन गरेको थियो । त्यसपछि अर्थ समितिमा उनलाई हटाउनुपर्ने माग उठेको थियो।

उनलाई बर्खास्त गरेर अनुसन्धान गर्नुपर्ने सांसदहरुको राय थियो। साउदको कार्यकाल अब दुई महिना बाँकी छ ।