लायन सुवेदीद्वारा बेवारिसे रोगी कुकुरहरुको उपचार थालनी

काठमाडौं । लाइन्स क्लब काठमाडौं ३२५ A1 बुढानिलकण्ठ परिवारद्वारा बेवारिसे कुकुरहरुलाई औषधि तथा इन्जेकसन लगाउने अभियान चलाइएको छ । यसरी बेवारिसे कुकुरलाई औषधि तथा सुई लगाउने कार्यक्रम लाइन्स क्लब अफ काठमाडौं ३२५ ब्ज्ञ का जोन चेयर पर्सन लायन मेगनाथ सुवेदीको पहल र अगुवाइमा सम्पन्न भएको हो ।

कार्यक्रममा जोन चेयर पर्सन सुवेदीले कामको सिलसिलामा हिँडढुल गर्दा रोगी तथा निरीह कुकुर देखेर सबैले विचरा भन्ने गरेको तर तिनको बचाउँको लागि कसैले उपाय नसोच्दा आपूmलाई केही गरौं भन्ने हुटहुटी लागेर यो अभियान चलाएको बताए ।

उनले पशु अधिकारका कुरा सबैले गर्ने तर सम्बन्धित पक्षलाई घचघच्याउन कसैले चासो नदेखाएकाले आफैले त्यसको थालनी गरेको प्रष्ट पारे । उनले थपे, ‘पशुअधिकारका आवाज उठाउनेहरुसँग पनि कुरा राखेको तर कसैले चासो देखाएनन् ,’ त्यसकारण मैले नै थालनी गरेको छु ।

शरीरमा घाउ, खटिरा, लुतो, किर्ना, जुका, जुम्म्राले सताएका ती बेवारिसे कुकुरलाई औषधोपचारका लागि लायन सुवेदीले यही भदौ ६ गतेबाट अभियान थालिसकेका छन् । ती कार्यक्रममा ती कुकुरहरुलाई रेबिजलगायत तीन प्रकारका इन्जेक्सन र ड्रपका साथै घाउ, खटिराकोसमेत उपचार गरिएको थियो ।

उनले सामाजिक सेवासँग सम्बन्धित सक्रिय लायन्सहरु सँगको सहकार्यमा उक्त अभियानलाई अगाडि बढाएका छन् । कार्यक्रममा यो अभियानले बेवारिसे कुकुरहरुलाई थोरै भएपनि टेवा पुगेको र दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायले ध्यान दिनुपर्नेमा समेत लायन सुवेदीले जोड दिएका छन् ।