विभाजनपछि पहिलोपटक एमाले केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ । नेकपा एमाले विभाजन भएपछि आज पटक केन्द्रीय कमिटी बैठक बस्न लागेको छ । एमालेको पार्टी विभाजन भएपछि पहिलो केन्द्रीय कमिटी बैठक बस्न लागेको हो।

एमालेबाट विद्रोह गरी वरिष्ठ नेता माधवकुमार नेपालले एकीकृत (समाजवादी पार्टी) निर्माण गरेका छन्। उक्त पार्टीले बुधबार दल दर्ताको प्रमाणपत्र पाएको छ। एमाले केन्द्रीय कमिटी बैठक तुल्सीलाल स्मृति प्रतिष्ठानमा मध्यान्ह १२ बजे बस्दैछ ।

बैठकमा यसअघि स्थायी कमिटी बैठकले गरेका निर्णयहरु अनुमोदन गर्नुका साथै पार्टी विभाजनपछि उत्पन्न परिस्थितिको समीक्षा र आगामी रणनीतिबारे छलफल हुने बताइएको छ ।