साइबर अपराधको आरोपमा एक महिला प्रहरी फन्दामा

काठमाडांैं । सामाजिक सञ्चालको दुरुपयोग गरी साइबर अपराध गरेको आरोपमा एक महिला प्रहरी फन्दामा परेकी छन् ।

महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले सोलुखुम्बु जिल्ला, नेचा–सल्यान गाउँपालिका वडा नं. १ स्थायी घर भई काठमाडौं कपन बस्ने वर्ष ३६ वर्षीय इन्दिरा निरौलालाई बुधार विहान पक्राउ गरी साइबर ब्यूरो भोटाहिटीलाई बुझाएको हो ।

निरौलालाई प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरो भोटाहिटीले अश्लील फोटो र म्यासेजहरू सामाजिक सञ्जालमा फैलाएर व्यक्तिगत चरित्रहत्या गरेको आरोपमा पक्राउ गरेको छ ।

निरौलाले एक पीडित महिलाको व्यक्तिगत चरित्रहत्या गर्ने उदेश्यले तस्बिरहरु साथै आपत्तिजनक म्यासेजहरु विभिन्न व्यक्तिको भाइबर, फेसबुक म्यासेन्जर लगायतका सामाजिक सञ्जालमा पठाई साइबर अपराध गरेको भनी प्रहरी कार्यालयमा उजुरी परको थियो ।

निरौला नेपाली कांग्रेस सिन्धुली जिल्ला कार्यसमिति सदस्य हुनुका साथै विभिन्न संघसस्थामा समेत संलग्न रहेकी छन् । उनी प्रहरीमा उजुरी परेपछि फरार रहेकी थिइन् । प्रहरीको खोजी सूचिमा रहेकी निरौलालाई ठाँउ बदल्दै भागी हिड्ने क्रममा प्रहरीले कपनबाट पक्राउ गरेको हो ।

निरौलालाई विद्युतीय कारोबार ऐन, २०६३ अनुसार काठमाडौं जिल्ला अदालतले चार दिनको म्याद थप गरी विशेष अनुसन्धान अघि बढाइएको साइबार ब्यूरो भोटाहिटीले जनाएको छ ।