लोकप्रिय गायक जेबी टुहुरेको निधन

काठमाडौं । लोकप्रिय कलाकार जुठबहादुर खड्गी ‘जेबी टुहुरे’को उपचारका क्रममा आज निधन भएको छ ।

‘आमा दिदीबहिनी हो कति बस्छौ दासी भई सुखको सधैँ प्यासी बनेर’ बोलको गीतबाट प्रसिद्धि कमाएका गायक एवं कलाकार टुहुरेको बयोदा अस्पतालमा निधन भएको हो ।

अहिले उनी ७८ वर्षका थिए । टुहुरे संविधानसभा सदस्य तथा जनसांस्कृतिक महासङ्घका पूर्वअध्यक्ष समेत भइसकका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गायक टुहुरेको निधनको खबरबाट आफू स्तब्ध भएको बताउँदै गहिरो शोक प्रकट गरेका छन् ।

प्रधानमन्त्रीले स्वर्गीय कलाकार जेवी टुहुरेको आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।