नारायणगढ–मुग्लिन सडक अवरुद्ध

नारायणगढ। नारायणगढ–मुग्लिन सडकखण्डको सेती दोभानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।

बिहीबार राति सवा ८ बजेतिर ठूलो पहिरो खसेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका २९ मा पर्ने सेती दोभानमा पहिरो खसेर सडक अवरुद्ध भएको हो।

प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार पानी परिरहेको र पहिरो खसिरहेकाले तत्काल बाटो सञ्चालन हुने सम्भावना छैन।

पहिरोका कारण दुईतर्फी यातायात अवरुद्ध भएको छ। सयौँ गाडी गन्तब्यमा जान सकेका छैनन्।