आज थपिए दुई हजार ४३३ संक्रमित, २६ जनाको कोरोनाबाट मृत्यु

काठमाडौं। कोरोना भाइरसबाट आज एकै दिन दुई हजार ४३३ जना संक्रमित भएका छन।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार विगत २४ घण्टामा १४ हजार ३७४ जनामा परीक्षण गर्दा दुई हजार ४३३ जनामा सङ्क्रमण देखिएको हो। सक्रिय सङ्क्रमित ३८ हजार ३८४ जना रहेका छन्।

आज एक हजार ९२९ जना संक्रमण मुक्त भएका छन। अहिलेसम्म सात लाख पाँच हजार ८९३ जना निको भइसकेका तथ्याङ्कमा उल्लेख छ। नेपालमा निको हुने दर ९३।५ प्रतिशत छ।

सङ्क्रमणबाट विगत २४ घण्टामा २६ जनाको ज्यान गएको छ। अहिलेसम्म १० हजार ६३८ जनाको सङ्क्रमणबाट ज्यान गएको छ। नेपालमा प्रति १० लाखमा ३५८.५ जनाको सङ्क्रमणका कारणले निधन हुने गरेको छ।

६२० जना सघन उपचार कक्ष, १६५ जना भेन्टिलेटर, ३५ हजार ३५४ जना होम आइसोलेसन, तीन हजार ३० जना संस्थागत आइसोलेसन र ३६६ जना क्वारेन्टिनमा रहेका छन्।

नेपालमा सङ्क्रमणको दर १९.५ प्रतिशत छ।