काबुल विमानस्थल परिसरमा भएको विष्फोटमा कम्तिमा ६० जनाको मृत्यु

एजेन्सी। मेरिका र बेलायतले आतंकावादी हमला हुनसक्ने चेतावनी दिदादिँदै भएको बम विस्फोटमा कम्तिमा ६० जनाको मृत्यु भएको छ।

अमेरिकी सेनाको नियन्त्रणमा रहेको अफगानिस्थानको राजधानी ्काबुलस्थित विमानस्थल परिसरमा बिहीबार बम विस्फोट भएको हो ।

सो विस्फोटमा परी ६० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ। समाचार अनुसार मृत्यु हुनेमा १३ जना अमेरिकी नागरिक छन्।

तालिवानले देश कब्जा गरेपछि अफगानिस्थान छोड्न विभिन्न देशका मानिसहरुको विमानस्थल परिसरमा ठूलो भीड लागेको छ। उनीहरुलाई नै लक्षित गरेर विस्फोट गराइएको बताइन्छ।