‘मेरो सपना’मा रञ्जिता

काठमाडौं । मोहन मादेनको शब्द, संगीतमा नयाँ गीत बजारमा आएको छ । मादेनकै कम्पोज रहेको गीत राजकुमार बगरले एरेन्ज गरेका हुन् ।

‘मेरो सपना न फुल्दै तिमी बद्ली गयौँ’ बोलको गीतको म्युजिक भिडियोमा मोडल रञ्जिाता लिम्बू र मोहन मादेनले नै अभिनय गरेका छन् ।

म्युजिक भिडियो मेघराज मगरातीले खिचेका हुन भने सम्पादन पनि मगरातीले नै गरेका हुन् । आधुनिक शैलीमा तयार पारिएको गीत कर्णप्रिय छ ।