धनगढीमा लिटल फ्लावर सुपर लिग हुँदै

धनगढी । फागुन १३ देखि धनगढीमा आयोजना हुने विद्यालयस्तरीय फुलबल प्रतियोगिता लिटिल फ्लावर सुपर लिगको तयारी तीब्र पारिएको छ ।

१३ गतेबाट १८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी तीब्र पारिएको आयोजक लिटल फ्लावर बोडिङ हाई स्कुललले जनाएको छ ।

लिटल फ्लावर प्रिमियर लिगले बिद्यालय स्तरका क्रिकेट खेलाडी उत्पादनमा भुमिका खेलेको जानकारी दिँदै स्कुलका प्रिन्सिपल रामचन्द्र शाहीले अब फुटबलका खेलाडी उत्पादनका लागि पनि प्रतियोगिताको जमर्को गरेको बताए ।

कैलाली जिल्लाका विभिन्न १२ वटा सामुदायिक र नीजि विद्यालयको सहभागिता रहेको प्रतियोगिता धनगढी स्थित क्षेत्रीय रंगशालामा आयोजना हुनेछ ।