प्रदेश १ मा बन्ने भए ३६ वटा अस्पताल

सोलुखुम्बु । प्रदेश नं १ का १४ जिल्लामा ३६ वटा १५ श्ययाका अस्पताल निर्माण हुने भएका छन् । बिहीबार सम्पन्न स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीस्तरीय बैठकले देशका विभिन्न प्राथमिक स्वास्थ्य केन्द्र र केही स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्ने नीतिगत निर्णय गरेअनुसार प्रदेश नं १ मा ३६ वटा अस्पताल निर्माण हुने भएका हुन् ।

देशभरका प्राथमिक स्वास्थ्य केन्द्र र केही स्वास्थ्य चौकीसहित २१३ स्वास्थ्य संस्थालाई १५ शैयाको अस्पतालमा स्तरोन्तति गर्ने नीतिगत निर्णय गरेको मन्त्रालयका प्रवक्ता एवं प्रमुख जनस्वास्थ्य प्रशासक महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठका अनुसार प्रदेश १ का १४ जिल्लामध्ये सबैभन्दा बढी झापा र मोरङमा पाँच÷पाँच तथा सबैभन्दा कम उदयपुर र ओखलढुङ्गामा एक÷एक प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी अस्पताल निर्माण गर्ने निर्णय गरिएको छ । यस्तै सङ्खुवासभा र झापामा चार÷चार, भोजपुर र सुनसरीमा तीन÷तीन तथा इलाम, सोलुखुम्बु, तेह्रथुम, धनकुटा र खोटाङमा दुई÷दुई प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरिने मन्त्रालयले जनाएको छ ।