एमालेको महाधिवेशनलाई प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने

नेकपा (एमाले)को १० औँ महाधिवेशनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन्।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा भोली चितवन पुगेर महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो। चितवनका प्रमुख जिल्ला अधिकारी असमान तामाङका अनुसार देउवा बिहान पौने ज्ञद्द बजे भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा पुग्नेछन्। नारायणी नदी किनारमा हुने महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गरेर दिउँसो प्रधानमन्त्री देउवा सवा १ बजे काठमाडौं फर्कने कार्यक्रम छ ।

प्रजिअ तामाङका अनुसार एमालेको महाधिवेशनमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, जनता समाजवादी पार्टी (लोकतान्त्रिक) का महन्थ ठाकुर वा राजेन्द्र महतो कार्यक्रममा सहभागी हुनेछन् ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल महाधिवेशनमा जाने वा नजाने टुंङ्गो लागिसकेको छैन। महाधिवेशनलाई सम्बोधन गर्न विदेशबाट विभिन्न दलका नेतासमेत आउँदै छन्। महाधिवेशन यही मङ्सिर १० गते देखि १२ गतेसम्म हुँदैछ। महाधिवेशनको उद्घाटन सत्रमा पाँच लाख नेता कार्यकर्ता सहभागी हुने पार्टीले जनाएको छ।