‘पञ्चायत र राजाको शासन जस्तै ओली शासन’

रसुवा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रेस स्वतन्त्रतामाथि सरकारले हस्तक्षेप गरेको आरोप लगाएका छन् ।

नयाँ शक्ति रसुवा र कांग्रेसबीचको एकता घोषणा कार्यक्रममा बोल्दै सभापति देउवाले सरकारले भोली कुन मुद्दा लगाउँछ भन्ने डरले स्वतन्त्र भएर पत्रकारले लेख्न नसकिरहेको बताएका हुन् । प्रेस र अभिव्यक्तिको स्वतन्त्रतामाथि सरबारबाटै आक्रमण हुनु दुखद् रहेको उनको धारणा छ ।

प्रेसमाथि नै यसरी आक्रमण भए भोलि गएर बोल्न लेख्न पनि डराउने अवस्था हुने भन्दै देउवाले चिन्ता ब्यक्त गरे । पञ्चायत र राजाको शासनमा जस्तै अहिलेको सरकारको शासन भएको देउवाको भनाई छ ।

देश विकासका लागि कांग्रेस मात्र एक भएकाले रसुवाबाट शुरु भएको कांग्रेस प्रवेश अभियानले देशव्यापी रुप पाउने बताए । देशमा सम्बिधान दिने देखि तीनै तहको निर्वाचन पनि कांग्रेसकै सरकारको पालामा भएकाले समृद्धि पनि कांग्रेसले नै दिने उनले बताए ।