सडक नबन्दाकाे सास्ति : डाेकाेमा सामान बाेकेर जीविकाे पार्जन गर्दै स्थानीय

डाेकाेमा सामान बाेकेर जीविकाे पार्जन गर्दै स्थानीय.

धनगढी । कैलालीको चौमाला–खैराला सडक निर्माणको कार्य अलपत्र परेको छ । कैलालीको विकट पहाडी गाँउपालिका चुरेको गर्भा क्षेत्रलाई तराईसँग सडक सञ्जालले जोड्ने लक्ष्य सहित सुरु भएको सडक निर्माण कार्य अलपत्र परेको हो ।

गाँउपालिकाले सडक निर्माणका लागि टेण्डर आह्वान गर्न नसक्दा र सरोकारवाला निकायको ब्यवास्थाका कारण सडक निर्माण कार्य अलपत्र परेको हो । निर्माण सुरु भएको १० बर्ष बढी भएपनि सडक निर्माणले गति पाउन नसकेको हो । सडकको १८ किलोमिटर मात्र ट्रयाक खोलिएको छ ।

सडक निर्माणमा ढिलाई भएसँगै चुरे गाउँपालिका वडा नम्बर २ र ४ का स्थानीय हिडेरै तराई झर्न बाध्य छन् । यातायातको सुविधा नहुँदा उनीहरुले दैनिक उपभोग्य बस्तु डोकोमै बोकेर जीविको पार्जन गर्दै आएका छन् । खैरालाका स्थानीयले २०६५ साल तीर सडक निर्माणको काम सुरु भएको स्थानीयले बताएका छन् । चुरेको गर्भादेखि गौरीगंगाको चौमालासम्म २६ किलोमिटरको हाराहारीको सडकमा १८ किलोमिटर मात्र काम भएको छ । त्यो पनि सानो सडकका कारण पनि सवारी सधान चलाउन समस्या हुने गरेको चौमालाका कमलराज गिरीले बताए ।

सडकमा साना गाडीहरु सञ्चालन छन् । तर बर्षातको समयमा सडक बन्द हुने गर्दछ । सडकमा रहेका ढुङ्गाले यातायातका साधन सञ्चालनमा पनि समस्या रहेको छ । साविक जिल्ला विकास समिति र गाविसले बर्षेनी कम बजेट मात्र सडक निर्माणका लागि विनियोजन गर्दा सडकको निर्माणको काम पूर्ण नभएको हो। चुरे गाँउपालिकाले चौमाला–खैराला सडक सफाईका लागि भन्दै ५ लाख लगानी गरेको थियो । तर सडकको अवस्थामा सुदार आएको छैन् । सडकमा जीप सञ्चालन गर्न पनि मुस्कील रहेको चुरेगाँउपालिका वडा नम्बर २ का अध्यक्ष तारा सिँह साउँदले बताए । उनले ५० लाख गाँउपालिका र ३८ लाख वडा नम्बर ४ को कार्यालयले सडक निर्माणका लागि वजेट बिनियोजग गरेको बताए । तर सडक निर्माणको ठेक्का भएको छैन् ।

प्रतिनिधि सभा सदस्य लेखराज भट्टले निर्वाचनको समयमा यो सडक निर्माणको कार्यलाई तिव्रता दिने बताएका थिए । कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित पुर्व मन्त्री समेत रहेका भट्टले निर्वाचन खोषणा पत्रमा यो सडकलाई प्रथामिक्ता दिएको बताएका छन्। तर सडक निर्माणको काम अलपत्र हुँदा पनि कुनै वास्ता गरिएको छैन् । उनले गौरीगंगा रिंगरोड, चौमाला–खैराला सडक र तालबन्द मोहन्याल जोड्ने सडक निर्माणलाई अगाढी बढाउने घोषण पत्रमा भनेका छन् ।