मन्त्री अधिकारी चढेको हेलिकोप्टर दुर्घटना भएको पुष्टि, 5 जनाएको शव भेटियो

काटमामाडौं । पर्यटन मन्त्री रविन्द्र अधिकारीसहित ७ जना सवार हेलिकोप्टर दुर्घटना भएको पुष्टि भएको छ ।

ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ५ जनाको शव समेत भेटिए पनि पहिचान हुन नसकेको नेपाल प्रहरीले जनाएको छ ।

स्थानीयले दुर्घटना भएको साविक मैयुम गाविसको खप्टेढुंगामा अझै धुँवा आइरहेको बताएका छन् ।