राति १२ बजेदेखि सभापतिको मतगणना गर्ने तयारी, ४ ठाउँमा गणना हुने

काठमाडौं । नेपाली काँग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको करिब साढे १ घण्टापछि मतगणनाको तयारी भएको छ ।

काँग्रेस निर्वाचन समितिका सदस्य तेज रावलले मतदान सकिएको करिब साढे १ घण्टापछि मतगणना गर्नेगरी तयारी भइरहेको बताए ।

उनका अनुसार साढे १ बजेसम्म मतदानको समय तोकिएको छ भने बीचमा कुनै प्राविधिक समस्या नआए सो अवधिमा मतदान सकिनेछ ।